काठमाडौँ- सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्।
बिहीबार प्रतिनिधिसभाबाट निर्वाचित घिमिरेले सपथ लगत्तै पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि सभामुखले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।
जनताका प्रतिनिधिको थलोलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले संसदीय प्रक्रियाबारे कार्यक्रम चलाउने घिमिरेको भनाइ थियो।
सभामुख घिमिरेले केही समयअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
प्रकाशित: ६ माघ २०७९ १३:०५
प्रतिक्रिया