उपसभामुखको उम्मेदवार छान्न स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस ६ माघ २०७९ ७:४२
4
SHARES
उपसभामुखको उम्मेदवार छान्न स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार टुंगो गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।

रास्वपाले उपसभामुख पाउने सत्ता साझेदार दलबीच समझदारी छ। अब रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउन सक्छ।

उपसभामुखको चुनाव ७ माघका लागि तय भएको छ। संसद् सचिवालयले बिहीबार उपसभामुखको चुनावी कार्यतालिका प्रकाशित गरेको छ।

 

प्रकाशित: ६ माघ २०७९ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =