संसद्‌मा सीके राउतको आक्रोश : एउटा जातिको मुखौटाभन्दा माथि नउठ्ने?

हिमाल प्रेस ५ माघ २०७९ १३:५१
4
SHARES
संसद्‌मा सीके राउतको आक्रोश : एउटा जातिको मुखौटाभन्दा माथि नउठ्ने?

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पदका लागि नभई देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन्।

उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे। उनले मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोजेको आरोप लगाए।

उनले भने, ‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ। राष्ट्रिय सहमतिको लागि कुरा ल्याए। यो केका लागि पदको लागि मात्रै हो की? देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन। पदको लागि मात्रै किन कुरा? दलभन्दा माथिको कुरा गरिन्छ। कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईहरु एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ की हुँदैन ? त्यो ठूलो कुरा हो।’

सांसद् राउतले माघ ५ गते मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न संसद्मा १ मिनेट मौनधारण गर्न आग्रह गरे।

प्रकाशित: ५ माघ २०७९ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =