सुनसरीमा हात्ती आतंक, स्थानीय त्रसित

हिमाल प्रेस ५ माघ २०७९ १०:३८
2
SHARE
सुनसरीमा हात्ती आतंक, स्थानीय त्रसित फाइल तस्बिर

इटहरी- सुनसरीमा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ। सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका क्षेत्रमा जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयबासी त्रसित बनेका छन्।

भारतबाट दुई दर्जनभन्दा बढीको संख्यामा आएका जंगली हात्तीले बस्तीमा आतंक मच्चाएपछि क्षति भएको छ। दुईदिनअघि मात्रै हात्तीको आक्रमणबाट बराहक्षेत्र नगरपालिका ५ सिमरवनका ७० वर्षीय धनबहादुर माझीको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिले धरान र बराहक्षेत्रमा हात्तीले दुःख दिन थालेपछि स्थानीयबासीले प्रशासनको सहयोग मागेका छन्।
धरान १७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार यहाँको पटनाली, कुम्भिआहाल लगायतका क्षेत्रमा हात्तीले आतंक मच्चाएको छ। स्थानीयको घर, बाली, कृषि फर्ममा हात्तीले आक्रमण गर्दा लाखौं रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको उनले बताए।
जंगली हात्तीको बथान सुनसरीको बराहक्षेत्र, चतरा, नडाहा, चक्रघट्टी धरान लगायतका स्थानका मानव बस्तीमा प्रवेश गरी आतंक मच्चाएपछि स्थानीयले हात्ती नियन्त्रण लिन प्रशासनसँग माग गरेका छन्।

प्रकाशित: ५ माघ २०७९ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =