बढी धूँवा फाल्ने ११ सवारी साधन कारबाहीमा

हिमाल प्रेस ५ माघ २०७९ ७:१८
4
SHARES
बढी धूँवा फाल्ने ११ सवारी साधन कारबाहीमा

काठमाडौँ- काठमाडौँको बबरमहलमा बुधबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारीसाधन कारवाहीमा परेका छन्।

मापदण्डभन्दा बढी धूँवा फाल्ने सरकारी र संस्थानका गरी जिप ४ ओटा, निजी कार २, भाडा बस २ र भाडाका माइक्रोबस ३ गरी ११ ओटा सवारीसाधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले बुधबार बबरमहलमा ६१ ओटा सवारी साधनलाई चेकगर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन कारवाहीमा परेका हुन् ।

सवारीसाधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाएको छ। धूँवा फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी चलाउन प्रहरीले चालकलाई आग्रह गरेको छ।

प्रकाशित: ५ माघ २०७९ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =