प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट

हिमाल प्रेस ४ माघ २०७९ १२:०९
10
SHARES
प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट्ले शिष्टाचार भेट गरेकी छन्।

बालुवाटारमा भएको भेटमा उनीहरूबीच नेपाल–बेलायतबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो।

भेटमा पोलिटले प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएकी थिइन्। साथै दुवै जनाले नेपाल-बेलायतबीचको मैत्रीपूर्ण सन्धि भएको सय वर्ष पुगेको उपलक्ष्यमा खुसी साटसाट गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =