काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) नेपालको संसदीय दलको बैठक आज बस्ने भएको छ।
यसअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रिपरिषद् सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको निष्कर्ष निकालेको थियो ।
संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने र सभामुख निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: ४ माघ २०७९ ७:४४
प्रतिक्रिया