सहकारी संघ धनुषाका अध्यक्ष ठगी मुद्दामा पक्राउ

हिमाल प्रेस ३ माघ २०७९ १६:२०
88
SHARES
सहकारी संघ धनुषाका अध्यक्ष ठगी मुद्दामा पक्राउ

जनकपुरधाम-  बचतकर्ताहरूबाट संकलन गरिएको रूपैया ठगी गरेको आरोपमा जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादव पक्राउ परेका छन्। राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत रहेका यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।

यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए।

प्रहरीका अनुसार एकजना सहकारीका बचतकर्ताले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरे पनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पुर्‍याएकाले उनै पीडितले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो। यादव मधेश प्रदेशका तत्कालीन कृषि मन्त्री शैलेन्द्रप्रसाद साहका सल्लाहकारसमेत हुन्।

प्रकाशित: ३ माघ २०७९ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =