३२.७२ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार

हिमाल प्रेस ३ माघ २०७९ १६:०१
8
SHARES
३२.७२ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ- चार दिनपछि खुलेको सेयर बजार परिसूचक (नेप्से) ३२.७२ अंकले बढेको छ। २१५२ बिन्दुबाट सुरु भएको परिसूचक उतारचढावका बीच २१८२.११ बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबार भएकामध्ये १६९ कम्पनीको मूल्य बढेको छ। ३० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

कुल २५० कम्पनीको १ करोड १८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ८ कम्पनीको सेयर मूल्य १० प्रतिशत बिन्दुले बढेको छ। मंगलबार बैंकिङ उपसमूहको सूचक ०.२९ प्रतिशतले घटेको छ।

बाँकी सबै उपसमूहको सूचक बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको सूचक उकालो लागेको छ। मंगलबार कारोबार रकमका हिसाबले अपी पावर कम्पनी पहिलो स्थानमा रह्यो। यसको २३ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

दोस्रो स्थानमा रहेको माथिल्लो तामाकोसी जलविद्युतको ११ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित: ३ माघ २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =