टिभिएसले पायो उत्कृष्ट फिचर र कम्युटर अवार्ड

हिमाल प्रेस ३ माघ २०७९ ११:४४
6
SHARES
टिभिएसले पायो उत्कृष्ट फिचर र कम्युटर अवार्ड

काठमाडौँ- टिभिएस रेडरले उत्कृष्ट कम्युटर र अपाचे आरटीआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ।

टेकलेखले जारी गरेको विज्ञप्तिअनुसार रेडरमा भएका सुधारको आधारमा उक्त अवार्ड दिइएको हो। रेडरको किफायती मूल्य, विशेषतालगायत कारण कम्युटर अवार्ड पाउन सफल भएको जनाइएको छ।

टिभिएस रेडर १२५ मा मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषता दिइएको छ।

एलईडी हेडलाइट, एंगुलर एलइडी डीआरएल र फेन्डर अप फ्रन्ट यसमा भएका थप विशेषता हुन्।

त्यस्तै आरटीआरको रिडिजाइन्ड डिएलआर, राइडिङ मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ डिएनएजस्ता विशेषता फिचर अवार्ड पाउन प्रयाप्त भएको टेकलेखले जनाएको छ। नेपालमा जगदम्बा मोटर्स प्रालिले टिभिएसका दुई पांग्रे सवारी साधन विक्री गर्दै आइरहेको छ।

यसका देशभर १४० भन्दा बढी डिलर छन्।

प्रकाशित: ३ माघ २०७९ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =