माओवादीबाट रेखा शर्मा सञ्चार र सुदन किराती पर्यटनमन्त्री बन्दै

हिमाल प्रेस ३ माघ २०७९ ९:५३
12
SHARES
माओवादीबाट रेखा शर्मा सञ्चार र सुदन किराती पर्यटनमन्त्री बन्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराती मन्त्री बन्ने भएका छन्। माओवादी उच्च स्रोतका अनुसार रेखालाई सञ्चार तथा सूचना प्रविधि र सुदनलाई संस्कृति तथा पर्यटन मन्त्री बनाउने निश्चित भएको हो।

दाङ २ बाट एमाले महासचिव शंकर पोखरेललाई हराएकी रेखा र भोजपुरबाट शेरधन राईलाई हराएका सुदन मन्त्री बन्न लागेका हुन्।

यस्तै माओवादीबाट शक्ति बस्नेत, लगायतको नाम पनि आइरहेको छ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।

मााओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन्।

प्रकाशित: ३ माघ २०७९ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =