गठबन्धनको भागवन्डाप्रति उपेन्द्र असन्तुष्ट

हिमाल प्रेस ३ माघ २०७९ ७:३३
10
SHARES
गठबन्धनको भागवन्डाप्रति उपेन्द्र असन्तुष्ट

काठमाडौँ- सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रालय भागवन्डामा असहमति जनाएको छ। सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मन्त्रालय भागवन्डा टुंगो लगाएको दाबी गरिएका बेला जसपाले भने असहमति प्रकट गरेको हो।

उसले सोमबारको बैठकबाट भएको निर्णय पुनर्विचार नगरिए सरकारमा सहभागी नहुने बताएको छ।
जसपाले उपराष्ट्रपतिसहित तीनवटा मन्त्रालयमा दाबी गरेको छ। तर गठबन्धनमा भाग लगाउँदा जसपालाई दुई मन्त्रालय छुट्याइएको छ भने उपराष्ट्रपति दिइएको छैन।

जसपाले तीन मन्त्रालय मागेको थियो। मधेश प्रदेशको मुख्यमन्त्री समेत दिएकाले जसपालाई दुई मन्त्रालय लिन अनुरोध गरेका थिए। तर अध्यक्ष उपेन्द्र यादव सन्तुष्ट नभएपछि हिजोको बैठकबाट निस्किएका थिए।

यता जसपाले मागेको उपराष्ट्रपति पनि दिन नसकिने अन्य दलले बताएका थिए। माओवादीको भागमा परेको उपराष्ट्रपति अरूलाई छाड्न नमिल्ने बताए पछि यादव असन्तुष्ट थिए।

उपराष्ट्रपतिमा जसपाकै कुनै सांसदलाई पठाएर आफू प्रत्यक्ष चुनाव लड्न चाहेका यादवलाई इच्छा पूरा भएन। सोही कारण यादवले सरकारमा तत्काल नजाने बताएका हुन्। तर मन्त्रिपरिषद् भागबन्डाबारे आज पनि छलफल हुने छ। आजको बैठकमा छलफल गर्दा समेत जसपा असन्तुष्ट रहे सरकार नजाने सम्भावना बढ्छ।

प्रकाशित: ३ माघ २०७९ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =