सत्ता गठबन्धनको भागबन्डा : एमालेले ८ पाउँदा राप्रपालाई ऊर्जासहित २ मन्त्रालय

हिमाल प्रेस २ माघ २०७९ १५:०८ | Monday, January 16, 2023
सत्ता गठबन्धनको भागबन्डा : एमालेले ८ पाउँदा राप्रपालाई ऊर्जासहित २ मन्त्रालय

काठमाडौँ- सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुंग्याएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरी मन्त्रालय भागबन्डा टुंग्याएका हुन्। सहमतिअनुसार एमालेले ८ मन्त्रालय पाउनेछ। माओवादीले चार र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय पाउनेछ। स्वतन्त्र पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ।

राप्रपाले ऊर्जा मन्त्रालयसहित २, जनता समाजवादी पार्टीले सहरी विकास मन्त्रालय पाउने छ। त्यस्तै जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक मन्त्रालय पाउने सहमति भएको छ। तर केही दलले भने मन्त्रालयको संख्या थोरै भएको भन्दै असन्तुष्टी भने व्यक्त गरिरहेका छन्।

पुस ११ गते प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका थिए। उनीसँगै तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि शपथ लिएका थिए। उपप्रधानमन्त्रीहरूमा अर्थमन्त्रीमा विष्णु पौडेल,  भौतिकमा नारायणकाजी श्रेष्ठ र गृहमा रवि लामिछाने छन्।  मन्त्रीहरूको भने कार्यविभाजन अझै तोकिएको छैन । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए।

 

प्रकाशित: २ माघ २०७९ १५:०८ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast