शोक बिदामा पनि त्रिविले परीक्षा नरोक्ने

हिमाल प्रेस २ माघ २०७९ ७:३४
6
SHARES
शोक बिदामा पनि त्रिविले परीक्षा नरोक्ने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु परीक्षा नरोकिने जनाएको छ। पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ।

त्रिविको मानविकी तथा समाजशास्त्र संकायले एक सूचना जारी गर्दै मानविकी संकायले सञ्चालन गरेको परीक्षा माघ २ गते नरोकिने जनाएको हो।
सूचनामा माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिएपनि मानविकी संकायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिए।

प्रकाशित: २ माघ २०७९ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =