योग शिक्षा विद्यालय तहमै अध्यापन गराउनुपर्छ : प्रधानमन्त्री

हिमाल प्रेस १ माघ २०७९ १०:१६
8
SHARES
योग शिक्षा विद्यालय तहमै अध्यापन गराउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्।

आइतबार भक्तपुरमा आयोजित ८ औँ राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले मानिसलाई मानसिक रूपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्।

उनले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिन सक्ने बताए।

प्रधानमन्त्री दाहालले भौतिक रूपले सम्पन्न देशहरूमा धेरै ‘डिप्रेसन’ र आत्महत्याका घटनाहरू भएको भन्दै मानसिक रूपमा पनि चुस्त राख्न योग आवश्यक रहेको बताए।

उनले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =