केपी ओलीको विचार र सिद्धान्तले एमाले सुध्रिँदैन : माधव नेपाल

हिमाल प्रेस २९ पुष २०७९ १८:४१
6
SHARES
केपी ओलीको विचार र सिद्धान्तले एमाले सुध्रिँदैन : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओलीको विचार, दृष्टिकोण र सिद्धान्तले एमाले नसुध्रिने बताएका छन्। शुक्रबार कम्युनिष्ट नेता घनश्याम भुसाललाई पार्टी प्रवेश गराउदै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन्।

भुसाल र आफ्नो पार्टीपंक्ति नै एमाले नसुध्रिने निष्कर्षमा पुगेको बताउँदै नेपालले एमाले नेताहरू नेकपा एसमा आउने क्रममा रहेको स्पष्ट पारे।

विगतका गल्ती र कमजोरीको समीक्षा गर्दै नयाँ ढंगले पार्टी सुदृढीकरण र पुनर्गठन गरेर अघि बढ्ने र बेग्लै पहिचान स्थापित गर्ने बताउँदै उनले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन इमान्दार कम्युनिष्टहरूलाई गोलबन्द बनाएर एकताबद्ध रूपमा अघि बढ्ने उल्लेख गरे।

नेकपा एसलाई अब हाम्रो र राम्रो पार्टी बनाउने उनको भनाइ छ। एमाले परित्याग गर्दै मंसिर ४ को निर्वाचनमा रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =