पाँच महिनामा ६७ अर्बको निर्यात, ६ खर्ब ६ अर्बको आयात

हिमाल प्रेस २९ पुष २०७९ १८:११
6
SHARES
पाँच महिनामा ६७ अर्बको निर्यात, ६ खर्ब ६ अर्बको आयात

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा ६७ अर्ब ३० करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको छ।

नेपाल राष्ट्र बैंकको वित्तीय विवरणअनुसार यही अवधिमा ६ खर्ब ६४ अर्ब ७५ करोडको सामग्री आयात भएको छ। यसअनुसार पाँच महिनाको अवधिमा मुलुकलाई ५ खर्ब ९७ अर्ब ४४ करोड व्यापार घाटा भएको छ।

भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३.७ प्रतिशत र ३५.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, अलैंची, चियालगायत वस्तुको निर्यात बढेको छ। सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायत वस्तुको निर्यात घटेको छ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाईजहाजका स्पेयर पार्टसलगायत वस्तुको आयात बढेको छ। सवारी साधन तथा स्पेयर पार्टस्, एमएस बिलेट, चाँदी, औषधि, कच्चा सोयाबिन तेललगायत वस्तुको आयात घटेको छ।

प्रकाशित: २९ पुष २०७९ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =