टेलिकमले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने

हिमाल प्रेस २८ पुष २०७९ १६:०७
8
SHARES
टेलिकमले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औँ वार्षिक साधारणसभाले लाभांश वितरणको प्रस्ताव सर्वसम्मत पारित गरेको छ। जसअनुसार आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

टेलिकमले २०७८/७९ कुल ४४ अर्ब ३७ करोड राजस्व आम्दानी गरी ८ अर्ब ४७ करोड खुद नाफा गरेको छ। यो नाफा अघिल्लो वर्षको भन्दा १ अर्ब ३५ करोड रुपैयाँले बढी हो।

आव २०७८/७९ मा टेलिकमले कर तथा शुल्कवापत् कुल आयको ५९.५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ।

साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पनि सर्वसम्मतले पारित गरेको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कोभिड १९ को महामारीको प्रभाव र असरले दूरसञ्चार क्षेत्रमा बहुआयमिक प्रभाव पारेको बताए। उनले भने, ‘विश्वबजारमा सञ्चारका नवीनतम् र अत्याधुनिक प्रविधिको विस्तार भइसकेको छ। हामी पनि त्यहीअनुसार सेवालाई थप गुणस्तरिय बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =