काठमाडौँ- सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन्।
आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबन्डा टुंगो लगाउने तयारी गरेको छ ।
यसै विषयमा छलफल गर्न प्रचण्ड हिजो वेलुका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए।
प्रकाशित: २८ पुष २०७९ ६:५७
प्रतिक्रिया