राष्ट्र निर्माताको सम्मान गर्ने कुरामा कसैले हिनताबोध गर्न हुँदैन : लिङ्देन

हिमाल प्रेस २६ पुष २०७९ १५:०१
6
SHARES
राष्ट्र निर्माताको सम्मान गर्ने कुरामा कसैले हिनताबोध गर्न हुँदैन : लिङ्देन फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले प्रचण्डलाई विश्वासको मत दिने बताएका हुन्। उनले सरकारले साझा न्यूनतम कार्यक्रममा गरेका वाचा पूरा गर्नुपर्ने बताए।

साथै लिङ्देनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्न नहुने पनि बताए। देशको गौरवशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने उनको भनाइ छ। उनले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभई सबैको भएको धारणा राखे।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटीमण्डपमा भोलि (बुधवार) चियापान कार्यक्रम गर्ने भएको छ।

प्रकाशित: २६ पुष २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =