नेपाल एसबिआई बैंकले १०.५३ प्रतिशत लाभांश दिने

हिमाल प्रेस २६ पुष २०७९ १३:१५
नेपाल एसबिआई बैंकले १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौँ- नेपाल एसबिआई बैंक लिमिटेडले २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

सभाले बैंकको चुक्ता पुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो। जसमा ३ प्रतिशत बोनश सेयर र ७.५३ नगद लाभांश वितरण गर्ने भएको छ।

सभाले बैंकको आव २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणसमेत पारित गरेकाे छ। साधारण सभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडको आव २०७८/७९ को एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ। सभाले उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्ति गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजनसमेत गरेको छ।

प्रकाशित: २६ पुष २०७९ १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =