बिकोको ‘वेलकम विन्टर’ अफर, १२ वर्ष पार्टस् वारेन्टी

हिमाल प्रेस २६ पुष २०७९ १२:०८
6
SHARES
बिकोको ‘वेलकम विन्टर’ अफर, १२ वर्ष पार्टस् वारेन्टी

काठमाडौँ- होम अप्लायन्सस ब्रान्ड बेकोले ‘वेलकम विन्टर’ अफर ल्याएको छ।

यसअन्तर्गत ग्राहकले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने सामानको खरिदमा आकर्षक उपहारको व्यवस्था गरिएको छ।

अफरमा वासिङ मेसिन र वासर ड्रायरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वासिङ पाउडर उपहार राखिएको छ। डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार दिइने वितरक सिजी इओएलले जनाएको छ। त्यस्तै एयर कन्डिसनरको खरिदमा ४ हजार रुपैयाँ बराबरको निःशुल्क ‘इन्स्ट्लेसन’ दिने सिजी इओएलको भनाइ छ।

नेपालमा बिके ब्राण्डका होम अप्लाइन्सेसको आधिकारिक वितरक चौधरी ग्रुपअन्तर्गतको सिजी इओएल हो। कम्पनीले देशभर ४० वटा सर्भिस सेन्टरबाट सेवा दिइरहेको छ। बेकोका उत्पादनमा १२ वर्ष सम्मको पार्टस् वारेन्टी रहेको छ।

प्रकाशित: २६ पुष २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =