प्रधानमन्त्रीले विश्वासको मत लिँदै

हिमाल प्रेस २६ पुष २०७९ ६:५३
10
SHARES
प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्।

मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना सोमबारको बैठकमा जानकारी गराए।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए।

सोही अनुसार कार्यसूची तय भएको जबराले सदनलाई जानकारी गराएका थिए।

प्रकाशित: २६ पुष २०७९ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =