पुस २७ को बिदा देश एकीकरणका नायकको सम्मानका लागि : योगेश भट्टराई

हिमाल प्रेस २५ पुष २०७९ १९:२२
4
SHARES
पुस २७ को बिदा देश एकीकरणका नायकको सम्मानका लागि : योगेश भट्टराई फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले पृथ्वीनारायण शाह राजाको जन्म दिनका रूपमा नभई नेपाल एकीकरण गर्ने नायकको सम्मानका लागि सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने भएको बताएका छन्।

सोमबार संसद बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताए हुन्। पृथ्वीनारायण शाह राजाको जन्मदिनका रूपमा नभई नेपाल एकीकरणका नायकको सम्मानका लागि उक्त दिन सार्वजनिक बिदा दिइने भएको उनको भनाइ छ।

पुस २७ गते धेरै महत्त्वपूर्ण राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक बिदा दिन स्वागतयोग्य भएको उनले बताए। संसदमा राजनीतिक दलहरूको संख्या बदलिएको सन्दर्भमा सबै राजनीतिक दलहरूसँग सहमति कायम गरेर सरकारले जनअपेक्षा पूरा गर्ने उनको भनाइ छ।

‘संसदमा राजनीतिक दलहरूको संख्या बदलिएको छ। सबै राजनीतिक दलहरूसँग सहमति कायम गर्दै संसदबाट विभिन्न विध्यकहरू पास गर्नेलगायतका महत्त्वपूर्ण काम गर्नुपर्ने छ,’ पूर्वसंस्कृतिमन्त्रीसमेत रहेका भट्टराईले भने।

अहिलेको सत्तागठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने शर्त राख्दै सरकारलाई समर्थन गरेपछि सरकारले उक्त दिन सार्वजनिक बिदा दिने भएको हो।

प्रकाशित: २५ पुष २०७९ १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =