गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले लिए शपथ

हिमाल प्रेस २५ पुष २०७९ १७:२३
4
SHARES
गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले लिए शपथ

पोखरा– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सपथ ग्रहण गरेका छन्। उनले सोमबार अपरान्ह मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताका सपथ लिएका हुन्।

नेकपा एमाले संसदीय दलका नेता अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित सोमबार नै दाबी पेस गरेका थिए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका अधिकारी कास्की १ (क) बाट निर्वाचित हुन्। उनी नेपाल सरकारका पूर्वगृहमन्त्रीसमेत हुन्। एमाले नेतृत्वका सरकारलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थन छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =