४७ अंकले बढ्दै २२११ बिन्दुमा उक्लियो नेप्से परिसूचक

हिमाल प्रेस २५ पुष २०७९ १५:२८
6
SHARES
४७ अंकले बढ्दै २२११ बिन्दुमा उक्लियो नेप्से परिसूचक

काठमाडौँ- सोमबार सेयर बजार परिसूचक (नेप्से) ४६.७६ बिन्दुले बढेको छ। कारोबार सुरु भएदेखि लगातार बढेको परिसूचक २२११.३८ बिन्दुमा उक्लिएको हो। आज १७३ कम्पनीको सेयर मूल्य बढेको छ। ३१ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रह्यो।

आज कुल २५७ कम्पनीको १ करोड ४६ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार १६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। कारोबार रकमका हिसाबले रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। यसको २० करोड ६८ लाख रुपैयाँ बराबको कारोबार भएको छ।

आज होटल तथा पर्यटन उपसमूहको सूचक ०.७० प्रतिशतले घटेको छ। बाँकी सबै उपसमूहको सूचक भने बढेको छ। आज जलविद्युत् उपसमूहको सूचकमा लगानीकर्ता झुम्मिएका छन्। जलविद्युत् उपसमूहको सूचक ४.९४ प्रतिशतले बढेको छ।

प्रकाशित: २५ पुष २०७९ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =