काठमाडौँ- प्रतिनिधिसभाको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ। मंसिर ४ को निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो।
बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। त्यस्तै राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको थियो।
नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व छ।
प्रकाशित: २५ पुष २०७९ १४:०३
प्रतिक्रिया