खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

हिमाल प्रेस २५ पुष २०७९ १३:२६
4
SHARES
खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

काठमाडौँ- दि नेपाल डिस्टिलरिजको उत्पादन ‘खुकुरी रम’ले खेल क्षेत्रको प्रवर्द्धनका लागि सहकार्य बढाउँदै लगेको छ।

खुकुरी रमले खेल क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टसँग सहकार्यको अभ्यास सुरु गरेको हो।

हालै खुकुरी रमले धरानमा आयोजित गल्फ प्रतियोगितामा सहकार्य गरेको थियो। गल्फ खेलको प्रवर्द्धनका लागि धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टिलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिइन्।

यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमासमेत सहकार्य गरेको अधिकारीले बताइन्। उनले भनिन्, ‘खुकुरी रमले आगामी दिनमासमेत यस्ता सहकार्य जारी राख्नेछ।’

खुकुरी रमले हिमाल सरसफाइ, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोगजस्ता सामाजिक सेवामा पनि सक्रियता दिँदै आएको छ।

प्रकाशित: २५ पुष २०७९ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =