सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रको सबलीकरण प्रमुख एजेन्डा : प्रधानमन्त्री

हिमाल प्रेस २५ पुष २०७९ ११:४९
4
SHARES
सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रको सबलीकरण प्रमुख एजेन्डा : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रूपमा अघि सारेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारका न्यूनतम साझा कार्यक्रममा सुशासन, प्रभावकारी भूमिका प्रवाह, समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन र संरचना फेर्ने कुरा, अन्तरनिहित निकाय समन्वयको प्रभावकारी व्यवस्था र अनुगमन गर्नेलगायतका कार्यक्रम समावेश गरिएको बताए।

प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =