माध्यमिक तहको शिक्षक छनोटका लागि खुल्यो विज्ञापन

हिमाल प्रेस २५ पुष २०७९ ८:१९
38
SHARES
माध्यमिक तहको शिक्षक छनोटका लागि खुल्यो विज्ञापन

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ।

आयोगले आइतबार गरेक‍ो निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन गरेको हो।

आयोगले परीक्षाको लागि विषयगत रुपमा नेपाली १११, अंग्रेजी ४,गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृति व्याकरण ३, संस्कृत भाषा ७, शिक्षा, स्वास्थ्य, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान, संस्कृत साहित्यमा १–१ जनाका शिक्षक पदका लागि विज्ञापन खुलाएको छ।

माध्यमिक तह शिक्षकको विज्ञापनमा आवेदन दिन माघ २४ गतेसम्म सिङ्गल दस्तुर र त्यसको एक साता पछि सम्म दोब्बर दस्तुर तिरेर फारम बुझाउन सकिने आयोगले जनाएको छ।

आयोगले चैत १८ गते दिनको १ बजे लिखित परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ। दरखास्त दिने अन्तिम मितिसम्म १८ बर्ष उमेर पुरा भई ४० बर्ष ननाघेको हुनुपर्नेछ।

 

 

प्रकाशित: २५ पुष २०७९ ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =