सार्क सक्रिय बनाउन कहाँ पहल गर्‍यो नेपालले?

हिमाल प्रेस २४ पुष २०७९ २१:५६
58
SHARES
सार्क सक्रिय बनाउन कहाँ पहल गर्‍यो नेपालले?

काठमाडौँ- परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन नेपाल सरकारको तर्फबाट लगातार प्रयासहरू भएको भन्दै राष्ट्रियसभालाई ढाँटेको छ। सार्कका गतिविधि नै नगरी बसेको नेपालले कसरी यस्ता प्रयत्नहरू जारी राखेको बतायो।

राष्ट्रसंघको महासभाको साइडलाइनमा बैठकसमेत राख्न नसकेको सार्क अध्यक्ष नेपालले सार्क जीवित राख्न प्रयत्न गरेको बताउनु संसद्को माथिल्लो सदनलाई सरासर ढाँट्नु हो। भारतसँग कुनै पनि विषयमा स्पष्ट कुरा राख्न नसक्ने हाम्रा कूटनीतिज्ञको कारण समस्या ज्युँका त्युँ रहने गरेको हो।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको जानकारी राष्ट्रियसभाको एक समितिलाई दिए पनि मन्त्रालयले देखिने वा नदेखिने कुनै पनि खाले प्रयत्न सार्कका लागि गरेको पाइँदैन।

आइतबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा पौड्यालले भने, ‘सबै सदस्य राष्ट्रहरूबीचको सहमती जुट्न नसकेकाले सक्रिय बनाउन नसकिएको हो। तर नेपालले त्यसमा पहल गरिरहेको छ।’ सन २०१४ मा नेपालमा सार्कको शिखर सम्मेलन भएपछि अर्को शिखर सम्मेलन हुन सकेको छैन।

सार्क महासचिव नै नहुने अवस्था आइसको छ। तर, अधयक्ष नेपालले भारतलाई यो विषयमा घचघच्याउन सक्दैन।सचिव पौड्यालले सबै सदस्य राष्ट्रहरूको सहमतिमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्तका कुरा सुनाउने र उम्कनेबाहेक अन्य कुनै पहलकदमी लिन सकेका छैनन्। कैयन सुधार गर्छु भन्ने सचिव यतिबेला सामान्य कूटनीतिक लविङ गर्न नसक्दा झुट बोल्न बाध्य भएका छन्।

‘सार्कमा नेपाल अध्यक्ष छ। तर, प्रक्रियाहरू अगाडि बढेनन् भन्ने कुराहरू यहाँ आएका छन्। यो बहुपक्षीयता र क्षेत्रीय संगठनमा केही साझा धाराणा हुन्छन। त्यो तय गर्दा हामीले सार्क चार्टर तय गरेका छौ,’ उनले भने, ‘त्यो तय गर्दा कुनै एक विषयमा सबै सदस्य राष्ट्र सहमत नर्भ कुनै पनि चिज अघि बढ्दैनु। अहिले त्यही भइरहेको हो।’

सार्कमा अफगानिस्तान, बंगलादेश भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्र छन्। अफगानिस्तान कान्छो सदस्य पनि हो। सार्कमा यस पटक अफागानिस्तानबाट महासचिव पठाउन आवश्यक हुन्छ। तर, त्यसमा अझै स्पष्ट निर्णय भएको छैन। बैठकमा समितिकीसभापति दिलकुमारी रावल (थापा) ले सार्कलाई सक्रिय बनाउन सरकारले गरिरहेको पहलकदमीबारे जिज्ञासा राखेकी थिइन्।

प्रकाशित: २४ पुष २०७९ २१:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =