आइतबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

हिमाल प्रेस २४ पुष २०७९ १७:५५
4
SHARES
आइतबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ। आइतबार नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो। अघिल्लो सातादेखि निरन्तर उकालो लागेको नेप्से आइतबार पनि बढेसँगै कारोबार पनि बढेको छ।

आइतबार २५९ वटा कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता शेयर ७५ हजार ४६५ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आइतबार बैँकिङ, उत्पादन र लघुवित्त समूहको उपसूचक घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको हो। नेप्सेकाअनुसार बैंकिङ समूह १२ दशमलव २५, उत्पादन समूह ६० दशमलव १७ र लघुवित्त समूह १० दशमलव ९९ अंकले घटेको छ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४६८ दशमलव ९८ अंक र निर्जीवन बीमा ३२२ दशमलव २८ अंकले बढेको छ छ। त्यस्तै, विकास बैंक समूहको उपसूचक १९, वित्त समूहको उपसूचक ३५ दशमलव ७६, होटल समूहको उपसूचक ११९ दशमलव ५६ र जलविद्युत् समूहको उपसूचक ५२ दशमलव ६१ अंकले बढेको छ।

लगानी समूह एक दशमलव २८, म्युचुअल फन्ड समूह शून्य दशमलव ४२, व्यापार समूह ५७ दशमलव ६७ र अन्य समूह १२ दशमलव ३३ अंकले बढेको पनि नेप्सेले जनाएको छ ।
आइतबार न्यादी ग्रुप पावर लिमिटेड र बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुद्धभूमि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी चार दशमलव २५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु २१ करोड २९ लाख ५२ हजार र शिवम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार बरारबरको कारोबार भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ। कम्पनीका पाँच लाख २७ हजार १८५ कित्ता सेयर खरिद-बिक्री भएका छन्।

प्रकाशित: २४ पुष २०७९ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =