लालटिन बालेर सरकारको खोजी [तस्बिरहरू]

दिपेश श्रेष्ठ २४ पुष २०७९ १२:२३
46
SHARES
लालटिन बालेर सरकारको खोजी [तस्बिरहरू]

काठमाडौँ- निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा तेस्रो चरणको आन्दोलन जारी छ। आज (आइतबार) तेस्रो चरणको आन्दोलनअन्तर्गत लालटिन बालेर उनीहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनमा डा. गोविन्द केसीको पनि सहभागिता थियो।

अधिकारकर्मी रूबी खानले निर्मला कुर्मीलाई सम्पत्तिका लागि बन्धक बनाएर यातना दिई हत्या गरिएको बताइन्। उनले भनिन्, ‘प्रहरीले प्रमाण नष्ट गरेर अपराधीको रक्षा गरेको छ।’  बाँकेमा निर्मलाले न्याय नपाउँदा ८/९ जना महिलाको हत्या भइसकेको उनको दाबी छ। उनले भनिन्, ‘अन्यायमा परेकाहरूले न्याय नपाउँदा अपराधीहरुको हौसला बढिरहेको छ। सरकारले हाम्रो आवाज सुनिरहेको छैन।’

घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरू नेपालगन्जबाट २० दिनको पैदल यात्रा गर्दै काठमाडौँ आएका थिए। गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिवद्धता जनाएपछि उनीहरूले धर्ना तोडेका थिए। त्यसपछि अधिकारकर्मीहरूले दोस्रो पटकमा ४२ दिनसम्म आन्दोलन गरेका थिए।

 

प्रकाशित: २४ पुष २०७९ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =