तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित पार्ने सम्भावना

हिमाल प्रेस २३ पुष २०७९ ७:२१
2
SHARE
तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित पार्ने सम्भावना फाइल तस्बिर- रासस

काठमाडौँ-  जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। यसबाट जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। शनिबार बिहान तराईका केही भूभागमा हुस्सु/कुहिरो लागिरहेको महाशाखाले जनाएको छ। यस्तै पहाडी भूभागमा आंशिक बदली रहेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

शनिबार

दिउँसो ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

आइतबार

दिउँसो ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति ː सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

सोमबार

दिउँसो ː कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति ː लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

प्रकाशित: २३ पुष २०७९ ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =