कांग्रेस सत्ता गठबन्धन भत्काउने खेलमा छैन : विश्वप्रकाश शर्मा

हिमाल प्रेस २२ पुष २०७९ १८:४०
70
SHARES
कांग्रेस सत्ता गठबन्धन भत्काउने खेलमा छैन : विश्वप्रकाश शर्मा फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले ‍कांग्रेसले वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर पनि नगरेको बताएका हुन्।

शर्माले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे। उनले कांग्रेसले अब जिम्मेवार र शालीन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे। बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केही दिनपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकको विषयमा छलफल भएको बताइएको छ।

यसअघि भएका कमीकमजोरीलाई सच्चाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। आजको छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेता सहभागी थिए।

 

प्रकाशित: २२ पुष २०७९ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =