चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

हिमाल प्रेस २२ पुष २०७९ १६:१४
4
SHARES
चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

काठमाडौँ– चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन्। कम्पनीको १३औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना चयन गरेको हो।

आगामी चार वर्षको कार्यकालका लागि अध्यक्ष हेमराज ढकाल तथा सदस्यमा उत्तमकुमार नेपाल, कल्याण गुरुङ र दिलिपशेखर श्रेष्ठ चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन्। उनीपछि चन्द्रपसाद ढकाल अध्यक्ष भएका थिए।

हेमराज ढकालको योजनाअनुसार नै सन् २००९ देखि एकीकृत पर्यटकीय पूर्वाधारको रूपमा चन्द्रागिरि हिल्सको निर्माण अगाडि बढेको थियो।

प्रकाशित: २२ पुष २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =