पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री वितरण

हिमाल प्रेस २२ पुष २०७९ १६:१८
8
SHARES
पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री वितरण

काभ्रे– पाँचखाल नगरपालिका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ।

सो संस्थाको सहयोगमा १६ वटा विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो। पाँचखालका मेयर महेश खरेलले नगरभित्रका सबै विद्यालय प्रविधिमैत्री बनाउनुका साथै गुणस्तरीय शिक्षामा जोड दिएको बताए। यसका लागि आवश्यक पूर्वाधार र सामग्रीको व्यवस्थापन गर्दै आएको उनको भनाइ छ।

‘नयाँ प्रविधिले शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने भएकाले नगरले प्रविधिमैत्री शिक्षामा जोड दिँदै आवश्यक सामग्रीको व्यवस्थापनमा पहिलो प्राथमिकता दिएका छौँ,’ उनले भने। विद्यालयलाई सामग्री हस्तान्तरणसँगै कक्षाकोठा व्यवस्थापनमा विशेष ध्यान दिन प्रधानाध्यापकलाई उनले आग्रह गरेका छन्।

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले प्राप्त सामग्रीको सदुपयोग गर्न विद्यालय प्रशासनलाई अनुरोध गरेका छन्। नगरका प्रवक्ता एवम् उज्यालो नेपालका उपाध्यक्ष सञ्जय तामाङले विद्यालयलाई आवश्यकताका आधारमा टिभी, प्रिन्टर, ल्यापटप, प्रोजेक्टर तथा कक्षाकोठा व्यवस्थापनमा सहयोग गरेको बताए। उनका अनुसार ८ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ।

पाँचखाल-३ का वडाध्यक्ष सुन्दर अधिकारी, नगरपालिका शिक्षा शाखाका अनुसार प्रमुख उदय कोइराला, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख खरेलले सामग्री हस्तान्तरण गरेका हुन्।

प्रकाशित: २२ पुष २०७९ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =