आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

हिमाल प्रेस २१ पुष २०७९ १८:३१
6
SHARES
आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिएकी छन्। जुत्ता उत्पादक संघ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएकी हु्न्।

मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्ने उनको भनाइ छ।

नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निकासी प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने राष्ट्रपति भण्डारीले धारणा राखिन्। ‘आजको प्रतिस्पर्धी युगमा उत्पादनको विविधीकरण र उपभोक्ताको रुचिलाई ध्यानमा दिएर गुणस्तरीय उत्पादनसहित ब्रान्डिङ गर्नसके नेपाली उत्पादनमार्फत विश्वबजारबाट लाभ हासिल गर्न सकिन्थ्यो, त्यसैले स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक छ,’ उनले भनिन्।

नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउन जुत्ता चप्पल उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले सरकार र निजी क्षेत्रबीच साझेदारीता अभिवृद्धिका साथ नेपाली उत्पादन प्रवर्द्धन र निर्यातमा मेला उपयोगी हुने उनले विश्वास व्यक्त गरिन्।

प्रकाशित: २१ पुष २०७९ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =