नेपाली कृषि उत्पादनले नेपालकै कपिराइट पाउनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

हिमाल प्रेस २१ पुष २०७९ १५:२१
4
SHARES
नेपाली कृषि उत्पादनले नेपालकै कपिराइट पाउनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठ‍माडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कृषि उत्पादन बढाउनको लागि सरकारले कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छ। बिहीबार नेपाल कृषि सहकारी केन्दीय संघको वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्।

पछिल्लो समय कृषियोग्य जमिनमा पल्टिङ गरी बस्ती बसाउने क्रम बढेको भन्दै सरकारले कृषि उत्पादन बढाउनको लागि जग्गाको खण्डीकरण गरी कृषियोग्य जमिनमा बस्ती बसाउन नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाइ छ।

सरकारको पहिलो काम नै कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने हुनुपर्ने बताउउँदै कृषियोग्य जमिनमा बस्ती बसाउनेले नेपालको कृषि क्षेत्रको विकास हुन नसकेको उनको भनाइ छ। सरकारले स्थानीय नगरपालिका र गाउँपालिकाहरूलाई जग्गाको वर्गीकरण गरेर मात्रै जग्गाको कित्ताकाट गर्न निर्देशन दिए पनि दबाबको कारण काम गर्न नसकेको देखिएको उनले बताए।

नेपाल कृषिप्रधान देश भनिए पनि कृषि क्षेत्रमा धेरै पछाडि रहेको उनको भनाइ छ। नेपाल कृषिप्रधान देश मात्रै नभएर कृषिमा आत्मनिर्भर भएर कृषि निर्यात मुलक देश बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए। देशमा ठूला उद्योगधन्दाहरू स्थापना गरेर अन्तर्राष्ट्रिय देशहरूसँग प्रतिष्पर्धा गर्न समस्या रहेको भन्दै देशभित्र कृषि उत्पादनमा वृद्धि गरी विदेश निर्यात गरेर देशको वैदेशिक व्यापार घाटा कम गर्न सकिने जनाए।

‘नेपाल अहिले कृषिमा क्षेत्र धेरै पछाडि छ। कृषिप्रधान देश मात्रै नभएर आत्मनिर्भर भएर कृषि निर्यात मुलक देश बनाउनुपर्ने आजको आवश्यकता हो। देशमा वैदेशिक व्यापार घाटा बढेको बेलामा कृषि उत्पादन बढाएर घाटा कम गर्ने हो। देशमा ठूला उद्योगधन्दाहरू स्थापना गरेर अन्तर्राष्ट्रिय देशहरूसँग प्रतिष्पर्धा गर्न अझै गाह्रो छ। नेपाली माटोमा कृषिको राम्रो उत्पादन गरियो भने अग्र्यानिक कृषि उत्पादनलाई विदेशमा निर्यात गरेर मुलुकको अर्थतन्त्रलाई माथि ल्याउनुपर्ने आजको आवश्यकता हो,’ उनले भने

कृषि क्षेत्रमा रहेका कानुनहरू कृषि उत्पादनमा बाधक भए कानुन संशोधन गरेर किसानमुखी कानुन बनाउनुपर्ने बताउनु भयो। उनले किसानमुखी कानुन भए मात्रै किसानहरूको हित हुने दाबी गरे। उनले नेपाली माटोमा उत्पादन भएका अग्र्यानिक वस्तु प्रशोधन गरेर बेच्नसके दुनियाका जुनसुकै देशले किन्नसक्ने बताए।

कृषि कानुनहरू आवश्यक परे त्यसलाई संसदमा छलफल गरेर नयाँ ऐन बनाइनुपर्ने उनले बताए।

‘कृषि उत्पादन नहुने खाडी मुलुकहरूमा ४ घण्टामा पुर्‍याएर बेच्नसक्छौं। तर अहिले खान पुगेको छैन। उचित रूपमा वितरण गर्न नसक्ने वा बाहिरका वस्तु सस्तोमा आएको कारण त्यस्ता वस्तु फाल्नुपर्ने अवस्था छ। अन्तर्राष्ट्रिय बजारसमेत नेपालले लिन सक्नुपर्छ। कृषि उत्पादन भएका वस्तुहरूको कपी राइट अर्को देशले लिएको हुनसक्छ। त्यो नेपाली उत्पादन भएको भनेर दर्ता गर्न विषयमा ध्यान दिनुपर्छ।’

उनले नेपाली कृषि उत्पादनलाई अब अन्तर्राष्ट्रिय बजारमासमेत निर्यात गर्नसक्ने गरी उत्पादनमा वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो। उनले नेपाली उत्पादनहरूलाई अन्य देशले आफ्नो देशमा उत्पादन भएको भनेर कपी राइट गरेको हुनसक्ने भन्दै अब नेपाली उत्पादनलाई नेपालमा नै उत्पादन भएको भनेर दर्ता गर्न आवश्यक रहेको बताए।

प्रकाशित: २१ पुष २०७९ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =