राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा

हिमाल प्रेस २१ पुष २०७९ १३:४३
8
SHARES
राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा

काठमाडौँ- सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रियसभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले केही सचिवहरूको पनि सरुवा गर्ने निर्णय गरेको बताइएको छ।

प्रकाशित: २१ पुष २०७९ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 6 =