बिहीबारदेखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी, १३० कम्पनीका स्टल रहने

हिमाल प्रेस २० पुष २०७९ १६:२५
8
SHARES
बिहीबारदेखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी, १३० कम्पनीका स्टल रहने

काठमाडौँ– भोलि, बिहीबारदेखि भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने भएको छ। तीन दिनसम्म चल्ने प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधिसहितका ४० र नेपाली जुत्ताचप्पलका ९० गरी कुल १३० कम्पनी सहभागी हुनेछन्। औद्योगिक प्रदर्शनीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।

स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न, वाह्य बजार बिस्तार गर्न र विदेशी जुत्ता, चप्पललगायत वस्तुको आयात घटाउन प्रदर्शनी आयोजना गरिएको संयोजक सुरज बन्जाडेले जानकारी दिए। उनका अनुसार प्रदर्शनीको मुख्य विशेषता नेपालमै उत्पादन भएका जुत्ता, चप्पल हुन्।

प्रदर्शनीमा उद्योगी, थोक तथा खुद्रा व्यवसायी र उपभोक्ता गरेर ५० हजार बढीको सहभागिता रहने जनाइएको छ। आयोजकका अनुसार प्रदर्शनीमा घरेलु तथा साना उद्योग चलाइरहेका केहीलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ।

प्रर्दशनीको मुख्य प्रयोजक गोल्ड स्टार उत्पादन किरण सुज् प्रालि रहेको छ।

प्रकाशित: २० पुष २०७९ १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =