कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह

हिमाल प्रेस २० पुष २०७९ १५:५०
26
SHARES
कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन्। दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका हुन्।

शाह कैलाली निर्वाचन क्षेत्र नं २ को (१) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए। निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएको बताउँदै उनी सर्वसम्मत चयन भएकफ घोषणा गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =