कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेताका लागि आज निर्वाचन

हिमाल प्रेस २० पुष २०७९ १२:१०
6
SHARES
कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेताका लागि आज निर्वाचन

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेताका लागि आज (बुधबार) निर्वाचन हुँदैछ। प्रदेश कार्यसमितिका अनुसार दलको नेता सर्वसम्मतिमा चयन गर्न नसकिएपछि निर्वाचन हुन लागेको हो।

त्यसका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिको प्रदेश उपसभापति लोकराज अवस्थी संयोजक, उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा कांग्रेस प्रदेश सदस्यहरू सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा सदस्य छन्।

नेपाली कांग्रेसका सात जना प्रदेशसभा सदस्यहरूले दलको नेताका लागि आकांक्षा देखाएका छन्। प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्कालगायतले कांग्रेस संसदीय दलको नेतामा आकांक्षा देखाएका हुन्। उनीहरूबीचमा सहमति नभएपछि निर्वाचन हुन लागेको प्रदेश सदस्य सुरत रावतले जानकारी दिए।

सुदूरपश्चिममा कांग्रेसका १९ जना प्रदेशसभा सदस्य छन्। कांग्रेस प्रदेशसभामा ठूलो दल हो।

प्रकाशित: २० पुष २०७९ १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =