![कर्मचारीलाई ग्लोबल आईएमई बैंकको सम्मान](https://himalpress.com/wp-content/uploads/2023/01/global_ime_saman.jpg)
काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा १५ वर्षदेखि निरन्तर कार्यरत ५९ कर्मचारीलाई सम्मान गरेको छ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनीहरूलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्।
उनले उत्कृष्ट बैंक बनाउन दिएको योगदानका लागि सबै कर्मचारीलाई धन्यवाद दिँदै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह गरे।
यसैगरी प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंक डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए।
ग्लोबल आईएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका २९२ शाखा, २७१ एटीएम, २८३ शाखारहित बैंकिङ एकाइ छन्।
प्रकाशित: १९ पुष २०७९ १८:१७
प्रतिक्रिया