नेपाल र चीनसँग सम्बन्धित कला प्रदर्शनी

हिमाल प्रेस १९ पुष २०७९ १७:५४
6
SHARES
नेपाल र चीनसँग सम्बन्धित कला प्रदर्शनी नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित प्रदर्शनीको अवलोकन गर्दै । तस्बिरः रासस

काठमाडौँ- नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थांका, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) मंगलबार प्रदर्शनी गरिएको छ।

त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एसिया नेटवर्क टीभी, सहयोगी नेपाल ओभरसिज चिनियाँ संघ, नेपाली चिनियाँ उद्यम संघको सहआयोजनामा प्रदर्शनी गरिएको हो।

प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनी गरिएको हो। प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित विभिन्न फोटो, थांका, तैलचित्र, क्यालिग्राफी राखिएको थियो।

नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन र दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाउन प्रदर्शनी गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक प्रा. बालमुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लु गाओ, नेपाल ओभरसिज चिनियाँ संघका अध्यक्ष जिन छिनदोङ, नेपाली चिनियाँ उद्यम संघका महासचिव झु क्विङलगायतले कार्यक्रमले द्विपक्षीय सांस्कृतिक आदानप्रदान र एकापसमा सद्भाव निर्माण तथा थप सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित: १९ पुष २०७९ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =