![निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे मेयर बालेन](https://himalpress.com/wp-content/uploads/chunck/03/balenshah_1654082051.jpg)
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। आयोगले तोकेको जरिबानाविरुद्ध उनले मंगलबार संवैधानिक इजलासमा निवेदन पेस गरेका हुन्।
आयोगले चुनावी खर्च ढिलो बुझाएको भन्दै जरिबाना तोकेको थियो। तर, बालेनले भने आफूले ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च गरेको विवरण आयोगमा पेस गरेको दाबी गरेका छन्।
‘३० दिने म्यादको अन्तिम दिन बिदा परेकाले त्यसलगत्तै भोलिपल्ट (आइतबार) खर्च विवरण पेस गरेको थिएँ,’ निवेदनमा उनले भनेका छन्।
उनले जरिबानासम्बन्धी निर्वाचन आयोगका निर्णयहरू बदर गरी पाउँ भन्दै अन्तरिम आदेशको माग गरेका छन्।
प्रकाशित: १९ पुष २०७९ १६:०४
प्रतिक्रिया