युक्रेनको आक्रमणबाट आफ्ना ६३ जना सेनाको मृत्यु भएको रुसको दाबी

हिमाल प्रेस १९ पुष २०७९ ६:२०
युक्रेनको आक्रमणबाट आफ्ना ६३ जना सेनाको मृत्यु भएको रुसको दाबी

मस्को– युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार दाबी गरेको छ। पूर्वीयुक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले आक्रमण गरेको मन्त्रालयको भनाइ छ।

युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा भएको आक्रमणमा परी कैयौँ रुसी सैनिकको मृत्यु भएको जनाएको छ। ‘एउटा अस्थायी शिविरमा उच्च विष्फोटक हतियारले भरिएको चार वटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ जना रुसी सैनिकको मृत्यु भएको छ,’रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘मृतक सैनिकका आफन्त र प्रियजनलाई आवश्यक सबै सहयोग गराइनेछ।’

युक्रेनको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर युक्रेनी सेनाले नयाँ वर्षको शुरूमा रुसी सेनाको खतरा बढिरहेका बेला आक्रमण गरेको अनुमान गरिएको छ।

यो वक्तव्य युक्रेनमा रुसी क्षतिको अत्यन्त दुर्लभ घोषणा हो। क्रेमलिनका आलोचकहरूले रुसी अधिकारीहरूले युक्रेनको युद्धभूमिमा भएको क्षतिलाई कम महत्व दिएको आरोप लगाएका छन्।

रुसी सैन्य ब्लगरहरूले माकिभकामा भएको आक्रमणका कारण सयौं सैनिकको मृत्यु भएको हुनसक्ने बताएका छन्।

रुसका पूर्व पृथकतावादी नेता इगोर स्ट्रेलकोभले जनवरी १ (डिसेम्बर ३१ मा स्थानीय समयअनुसार २३ : ०० बजे) राति १ बजेतिर आक्रमणबारे आफूले रिपोर्ट प्राप्त गरेको बताउनुभएको छ। उनले सयौंको मृत्यु भएको र घाइते भएको बताउँदै युक्रेनी सेनाले रुसी सेना राखिएको स्थानमा आक्रमण गरेको बताए।

प्रकाशित: १९ पुष २०७९ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =