कांग्रेससहितको गठबन्धनबाट धोका पाइयो : उपेन्द्र यादव

हिमाल प्रेस १८ पुष २०७९ १८:२६
कांग्रेससहितको गठबन्धनबाट धोका पाइयो : उपेन्द्र यादव

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले निर्वाचनमा पाएको मत सन्तोषजनक भएको निष्कर्ष निकालेको छ। सोमबारबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु राजनीतिक समिति बैठकमा नेताहरूले यस्तो बताएका हुन्।

बैठकले पार्टी सरकारमा रहेर वा प्रतिपक्षमा रहेर संघीयतालगायत उपलब्धी रक्षा गर्न शसक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको नेता सुरेन्द्र यादवले बताए। बैठकमा अध्यक्ष उपेन्द्र यादवले जसपा राष्ट्रिय पार्टी बन्नुमा सन्तोषजनक हुनुपर्ने तर यो नै प्रयाप्त नभएको बताएको उनले जानकारी दिए।

जनताको लामो संघर्ष र आन्दोलनबाट प्राप्त मुलकको उपलब्धी रक्षाका लागि पार्टीले शसक्त भूमिका निर्वाह गर्ने पनि अध्यक्ष यादवको भनाइ छ। यसअघि कांग्रेस नेतृत्वको सत्तागठबन्धनले आफुहरूलाई अन्तिम समयसम्म झूटो आश्वासन दिएर अल्झाएको र पछि सिट बाँडफाँडमा कुरा नमिलेपछि गठबन्धन छोड्न बाध्य बनाएको उनले बताए।

सरकारमा सहभागिताका विषयमा बैठकले मंगलबार छलफल गर्ने उनले जानकारी दिए। वर्तमान सरकारलाई समर्थन गरेको विषयमा बैठकमा नेताहरूले फरक-फरक विचार राखेको उनले जानकारी दिए।

प्रकाशित: १८ पुष २०७९ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =