सरकारमा जाने विषयमा नेकपा (एस) अस्पष्ट

हिमाल प्रेस १८ पुष २०७९ १८:०३
78
SHARES
सरकारमा जाने विषयमा नेकपा (एस) अस्पष्ट

काठमाडौँ- नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा जाने या नजाने विषयमा अस्पष्ट देखिएको छ। समाजवादीको सोमबार सुरु भएको पोलिटब्युरो बैठकमा सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको विषयमा छलफल भएको हो।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले अहिले सरकारमा जाने वा नजाने भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणका विषयमा छलफल भएको जानकारी दिए। उनले भने, ‘सरकारमा सहभागी हुनका लागि कतैबाट पनि औपचारिक प्रस्ताव नआएको अवस्थामा सहभागिताको प्रश्न नै उठ्दैन।’

बैठकमा समसामयिक राजनीति, नयाँ सरकार, संगठन निर्माणबारे २० जना सदस्यहरुले धारणा राखेका थिए। खतिवडाले लामो समय सहकार्य गरेको प्रचण्डको नेतृत्वमा सरकार गठन भएको अवस्थामा नीतिगत निर्णय गर्नका लागि बैठक राखेको जानकारी दिए। उनले विकसित राजनीतिक अवस्थामा पार्टीले परिपक्व ढंगले निर्णय गर्ने बताए।

बैठकको सुरुमा अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहेको बताएका थिए। बैठक मंगलबार पनि बस्नेछ।

प्रकाशित: १८ पुष २०७९ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =