नेकपा एस सरकारमा जाने/नजाने विषयमा आज टुंगो लाग्ने

हिमाल प्रेस १८ पुष २०७९ ६:५४
4
SHARES
नेकपा एस सरकारमा जाने/नजाने विषयमा आज टुंगो लाग्ने फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्दैछ। बैठकले सरकारमा जाने या नजाने विषय टुंगो लगाउने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। उनले भने, ‘पोलिटब्युरो बैठकबाट आएका सुझावका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्नेछ।’

दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकमा नेताहरूबी सरकारमा जाने या नजाने विषयमा विवाद भएको थियो। केही नेताहरूले सरकारमा जानुपर्ने अडान राखेका छन् भने केहीले समर्थन मात्रै गरेर सहयोग गर्नुपर्ने धारणा राखेका छन्।

यस्तै नेकपा एमालेसँगको एकीकरणका बारेमा पनि बैठकमा छलफल हुनेछ। खतिवडाले भने, ‘पोलिटब्युरो बैठकले के सुझाव दिन्छ, त्यसपछि मात्रै यावत विषयहरुमा थप धारणाहरु बाहिर ल्याउनेछौँ।’

एकीकृत समाजवादीका नेताहरूले एमालेसँगको पार्टी एकता बाहिरको हल्ला मात्रै रहेको जनाएका छन्।

विगत दुई वर्षदेखि सँगै रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सल्लाह नै नगरी प्रधानमन्त्री भएपछि एकीकृत समाजवादीका नेताहरू रुष्ट भएका छन्। यद्यपि पार्टीले प्रचण्ड सरकारलाई समर्थन गर्ने जनाउँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =